एकीकृत समाजवादीको दलितमुक्ति संगठनको राष्ट्रिय सम्मेलन जेठमा

हिमाल प्रेस २५ फागुन २०७९ १२:३४
2
SHARE
एकीकृत समाजवादीको दलितमुक्ति संगठनको राष्ट्रिय सम्मेलन जेठमा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीनिकट नेपाल दलितमुक्ति संगठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौँमा हुनेभएको छ।

संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौंँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो।

‘दलित आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि राष्ट्रव्यापी अभियान स् दक्षिणपन्थी अवसरवाद र सबैखाले विभेद्काविरुद्ध छैठौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूलनाराका साथका हुने सम्मेलनमा देशभरबाट झण्डै एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिए।

बैठकले आगामी जेठ २१ गतेसम्म तीन महिने ‘सङ्गठन निर्माण तथा परिचालन अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। यही फागुन ३० गतेसम्म जिल्ला र प्रदेश कमिटीका बैठक बस्ने, चैत ७ गतेसम्म स्थानीय कमिटीको सम्मेलन गर्ने, चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने, २०८० साल वैशाख मसान्तसम्म संगठनको आगामी समाजवादी यात्रा विषयक परामर्श कार्यक्रम सञ्चालन गर्ने, वैशाख १५ गतेसम्म प्रदेश सम्मेलन गर्ने र जेठ २१ र २२ गते छैठौँ राष्ट्रिय सम्मेलन निर्णय गरेको हो।

प्रकाशित: २५ फागुन २०७९ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =