भैरहवाबाट ८१ दिनपछि ९३ यात्रुु लिएर उड्यो जजिरा एयरलायन्स

हिमाल प्रेस २५ फागुन २०७९ ११:०४
4
SHARES
भैरहवाबाट ८१ दिनपछि ९३ यात्रुु लिएर उड्यो जजिरा एयरलायन्स

लुम्बिनी- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलायन्सले ८१ दिनपछि पुन बिहीबारबाट नियमित उडान सुरु गरेको छ। यसअघि पुस ६ गतेदेखि मौसमको कारण देखाएर अन्तर्राष्ट्रिय उडान रोकिएको थियो।

जजिराले ८१ दिनपछि बिहीबार बिहान बिहान ८ः५ बजे ९३ जना यात्रुु लिएर कुँवेतका लागि उडान भरेको हो। सातामा तीन दिन उडान भर्ने गरि जजिराले करिब साढे २ महिनापछि नियमित उडान सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका निमित्त महानिर्देशन सुवास झाले जानकारी दिए।

उनका अनुसार भैरहवाबाट अब नियमित उडान हुने छ। जजिराले मंगलबार, बिहीबार र शनिबार बिहान ८ः५ बजे भैरहवाबाट उडान भर्नेछ। यसअघि पनि जजिराले हप्ताको ३ दिन उडान भर्दै आएको थियो। कुुँवेत उडान हुने भएकाले अधिकांश वैदेशिक रोजगारीमा जाने यात्रुले नै भरिने निमित्त महानिर्देशक झाको भनाइ छ।

जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको एकतर्फी भाडा कायम गरेको छ। कुुवेतका लागि सिधा उडान हुने भएकाले अन्य यात्रुुले पनि सेवा लिने विमानस्थलले जनाएको छ। २०७९ साल जेठ २ गते शुुभारम्भ भएको विमानस्थलमा पुस ६ गतेदेखि उडान रोकिएको थियो।

अप्रिलदेखि नेपाल एयरलायन्सले पनि उडान भर्ने जनाइएको छ। रोकिएको उडान सुरु भएपछि रुपन्देहीका उद्योगी व्यवसायी उत्साहित भएका छन्। बुद्धजन्मस्थल लुम्बिनीलाई लक्षित गरी विमानस्थल सञ्चालन गरिएपनि चीन, भारत, श्रीलंका, थाइल्याण्ड, दुुबइ जस्ता देशबाट सिधा उडान नहुँदा पर्यटकहरू आउन सकेका छैनन्।

प्रकाशित: २५ फागुन २०७९ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =