कमल थापाले भने : महिला सशक्तीकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध छ

हिमाल प्रेस २४ फागुन २०७९ १६:१६
12
SHARES
कमल थापाले भने : महिला सशक्तीकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध छ फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तीकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

११३औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धित कुरा गर्दैमा उपलब्धी नहुने बताएका हुन्।

राज्यका हरेक प्रतिनिधीमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबैपक्ष जिम्मेवार हुनुपर्ने थापाले बताए।

पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको बताउँदै अध्यक्ष थापाले अग्रपङ्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्‍याउन राप्रपा नेपाल निरन्तर लागीरहेकोले वडा तहसम्म संगठन विस्तार गर्न पनि उनले पार्टीको महिला संगठनका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए।

प्रकाशित: २४ फागुन २०७९ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =