राष्ट्रपतिबारे ओलीको टिप्पणी : भोजपुरको मान्छे राष्ट्रपति बन्नु सानो कुरा हो?

हिमाल प्रेस २४ फागुन २०७९ १३:३९
18
SHARES
राष्ट्रपतिबारे ओलीको टिप्पणी : भोजपुरको मान्छे राष्ट्रपति बन्नु सानो कुरा हो?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकोकार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै ओलीले उनको भूमिका राष्ट्र र नेपाली महिलाको लागि गर्वको विषय भएको बताए।

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए।

अध्यक्ष ओलीले भने, ‘आज महिला दिदीवहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले राष्ट्रपति भएको छ,’ ओलीले थपे,‘यस आन्दोलनको नेतृ नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ।’

प्रकाशित: २४ फागुन २०७९ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =