लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ : मुख्यमन्त्री अधिकारी

हिमाल प्रेस २४ फागुन २०७९ १२:००
2
SHARE
लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ : मुख्यमन्त्री अधिकारी

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

आज शुभकामना सन्देश जारी गर्दै उनले महिला दिवसले सामाजिक न्याय र लैंगिक समानता कायम गर्दै महिलाको हकको सम्मान, संरक्षण र प्रवर्द्धनप्रति संवेदनशील हुन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

‘गण्डकी प्रदेश सरकारबाट लैंगिक समानता तथा महिला सशक्तिकरण, लैंगिक मूल प्रवाहीकरण तथा सामाजिक समावेशीकरणको नीतिलाई कार्यरूपमा रुपान्तरण गर्न, नीतिगत, संस्थागत, कार्यविधिगत तथा संरचनागत पक्षलाई विशेष ध्यान दिएको छ, ’ उनको शुभकामना सन्देशमा उल्लेख छ।

नीति, योजना तथा कार्यक्रममा लैंगिक मूल प्रवाहीकरणलगायत लैंगिक उत्तरदायी बजेटका माध्यमबाट लैंगिक समता र समानता प्रवर्द्धक साथै लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको अवलम्बन गरिएको मुख्यमन्त्रीले अधिकारीले जनाएका छन्।

प्रदेश सरकारले जोखिमपूर्ण अवस्थाका गर्भवतीको हवाई उद्धार, पोठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार, महिला तथा १६ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र हिंसापीडित महिलाका लागि सीप विकास र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित: २४ फागुन २०७९ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =