राष्ट्रपतिमा मत हाल्ने विषयमा छलफल गर्न राप्रपाको बैठक बस्दै

हिमाल प्रेस २४ फागुन २०७९ ६:४१
राष्ट्रपतिमा मत हाल्ने विषयमा छलफल गर्न राप्रपाको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रपति निर्वाचनमा कसलाई मत दिनेलगायत विषयमा निर्णय गर्न बैठक बोलाइको हो।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्नेछ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ।

प्रकाशित: २४ फागुन २०७९ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =