कुलमानको सुझावअनुसार ‘हाइड्रोजन गाडी’ चढ्ने तयारीमा प्रचण्ड

हिमाल प्रेस २३ फागुन २०७९ २०:२०
6
SHARES
कुलमानको सुझावअनुसार ‘हाइड्रोजन गाडी’ चढ्ने तयारीमा प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन्। मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत् आयोजनाको उद्घाटनका क्रममा उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजन बनाउने सबभन्दा उपयुक्त अवसर आएको भन्दै आफू पनि हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेका बताएका हुन्। ‘म प्रधानमन्त्री बन्दा विद्युत प्राधिकरणका एमडी कुलमानजी यही हुनुहुन्छ,’ उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत उपस्थित रहेको कार्यक्रममा भने, ‘उहाँले मलाई प्रधानमन्त्रीको रूपमा अब डिजेल र पेट्रोलको गाडी होइन् हाइड्रोजन गाडी चढनु पर्‍यो भन्नु भयो।’

आफूले हाइड्रोजन गाडी चढ्ने बारेमा प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको उनको भनाइ थियो। ‘म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु। ताकि अब हामी यो ग्रीन इनर्जीबाट ग्रीन हाईड्रोजनतिर गएर किसानहरूलाई आवश्यक पर्ने मलखाद उत्पादन गर्नका लागि पनि छलफल अघि बढाएका छौँ,’ उनले भने।

विकसित देशहरूमा बिस्तारै हाइड्रोजनको प्रयोगको मात्रा गुणात्मक रूपमा वृद्धि हुँदै भएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापारबाटै व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने संकेत देखिएको पनि बताए।

मुलुक विद्युतमा आत्मनिर्भर भएको उल्लेख गर्दै उनले त्यसलाई बिक्री गर्नका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहमति गरेको बताए।

प्रकाशित: २३ फागुन २०७९ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 11 =