अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सानिमा नारी बचत खाता’मा क्यासब्याक पाइने

हिमाल प्रेस २३ फागुन २०७९ १९:११
4
SHARES
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सानिमा नारी बचत खाता’मा क्यासब्याक पाइने

काठमाडौँ- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सानिमा नारी बचत खाता’मा क्यासब्याक पाइने भएको छ। बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजनामार्फत क्यासब्याक दिने भएको हो।

उक्त योजना २०७९ चैत १ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ उपलब्ध गराउने पनि बैंकले बताएको छ।

साथै ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक दिइने बैंकको भनाइ छ। क्यासब्याक चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ।

प्रकाशित: २३ फागुन २०७९ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =