चिनियाँ कम्पनी सिचुवान एयरलाइन्सको हवाईसेवा चैत ६ गतेबाट फेरि सुरु हुँदै

हिमाल प्रेस २३ फागुन २०७९ १८:३५
8
SHARES
चिनियाँ कम्पनी सिचुवान एयरलाइन्सको हवाईसेवा चैत ६ गतेबाट फेरि सुरु हुँदै

काठमाडौँ- चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुरु गर्ने भएको छ। सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्ने भएको हो।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट आइतबार, सोमबार, बुधबार र शुक्रबार स्थानीय समय अनुसार उडान गर्नेछ।

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौँदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९ सय ९९ रुपैयाँ र काठमाडौँदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।

प्रकाशित: २३ फागुन २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =