यस वर्षको महामूर्ख मनोजकुमार साह र पटमूर्ख ऋषि धमला

हिमाल प्रेस २३ फागुन २०७९ १८:२४
224
SHARES
यस वर्षको महामूर्ख मनोजकुमार साह र पटमूर्ख ऋषि धमला

जनकपुरधाम- यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले पाएका छन्। जनकपुरधाममा प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना हुँदै आएको महामूर्ख सम्मेलनबाट उनी महामूर्ख बनेका हुन्।

सो सम्मेलनमा विभिन्न व्यक्तिहरूले आफूलाई महामूर्ख घोषित गराउनका लागि पैरवीसमेत गरेका थिए। जसमा वडाध्यक्ष, मेयरदेखि प्रदेशसभा सदस्यसमेत सहभागी थिए। मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष  महामूर्ख छान्दै आएको छ। साहलाई  प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ।

सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसद मण्डललाई वैशाखनन्दन,नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाललाई खबसुरता, शिक्षक सञ्जय झालाई लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवयित्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनास्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिटलगायतको हास्यास्पद उपाधि प्रदान गरिएको थियो।

सो सम्मेलनमा सहभागी कविहरूले आआफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तुमाथि कटाक्षसमेत गरेका थिए।

महामूर्खको उपाधि विगत २७ वर्षको परम्पराअनुसार यसअघि कवि नरेश ठाकुर, मधेश प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, तमलोपाको नेता डा. विजयकुमार सिंह, विश्लेषक सीके लाल, नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन प्रमुख लालकिशोर साह, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, मह जोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य र पछिल्लो वर्ष डा. भोगेन्द्र झाले महामूर्खको उपाधि पाइसकेका छन्।

प्रकाशित: २३ फागुन २०७९ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =