नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा अभिनीत गीत अस्करमा मनोनीत

हिमाल प्रेस २३ फागुन २०७९ १६:५७
20
SHARES
नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा अभिनीत गीत अस्करमा मनोनीत

काठमाडौँ- नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा अभिनीत फिल्मी गीत ‘अप्लज’ अस्कर अवार्ड २०२३ मा मनोनयनमा परेको छ। यो फिल्म ‘टेल इट लाइक अ वुमन’ को गीत हो। सन् २०२२ मा प्रदर्शनमा आएको यो अमेरिकी–इटालियन फिल्म हो। महिलाद्वारा निर्देशित महिलाहरूबारे बनेको फिल्म हो।

गीतको भिडियोमा लामाहित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज छिन्। फर्नान्डिजले उक्त गीतलाई इन्ट्राग्राममा सेयरसमेत गरेकी छन्।

उनले ‘अप्लज’ले अस्करमा अवार्ड जित्नेछ भन्दै फिल्मलाई शुभकामना दिएकी छन्। ‘यो गीतले सधँै मेरो हृदयमा विशेष स्थान राख्नेछ र अब हामी सन् २०२३ को अस्कार अवार्डको काउन्ट डाउन गर्दछौँ,’ उनले इन्स्टाग्राममा लेखेकी छन्।

 

गीत अस्करमा उत्कृष्ट मौलिक गीत विधामा परेको हो। जसमा दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीत पनि मनोनयमा परेको छ।

यो वर्षको ओस्कार अवार्ड वितरण समारोह नेपाली समयानुसार आगामी मंगलबार आयोजना हुँदैछ।

मोडलिङबाट करियरको सुरुवात गरकी लामा नुवाकोटकी हुन्। उनी विश्व प्रसिद्ध फेसन शो ‘न्युयोर्क फेसन विक’मा क्याटवाक गरेकी छन्। भारतका विभिन्न फेसन शोमा पनि उनले ¥याम्प नापेकी छन्।

प्रकाशित: २३ फागुन २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =