कांग्रेसले भन्यो : प्रचण्डविरुद्धको मुद्दा अदालतले टुंग्याउने होइन

हिमाल प्रेस २३ फागुन २०७९ १६:४४
82
SHARES
कांग्रेसले भन्यो : प्रचण्डविरुद्धको मुद्दा अदालतले टुंग्याउने होइन फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा अदालतले टुंग्याउनु उचित नहुने बताएका छन्।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको नौ दलीय गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले संक्रमणकालीन न्यायको विषयमा अदालतले टुंगो लगाउनु ठीक नहुने बताएका हुन्।

उनले भने, ‘कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटना संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छ। त्यसमा केही कमजोरी भएको छ।’

द्वन्द्वकालीन विषयलाई फौजदारी न्यायको प्रक्रियाबाट छिनोफानो लगाउन नहुने उनको भनाइ छ।
‘यो विषयमा सर्वोच्च पनि बोलिसकेको छ। त्यसैले संक्रमणकालीन न्यायकै विधिबाट यसकव समाधान गर्नुपर्छ। सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्‍याउनुपर्छ’ उनले भने।

प्रचण्डविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। ०७६ माघ १ गते काठमाडौँमा भएको एक कार्यक्रममा उनले द्वन्द्वकालमा १७ हजार मानिसको मृत्यु भएको र तीमध्ये पाँच हजारको जिम्मा आफूले लिन सक्ने बताएका थिए। उनको यही भनाइलाई आधारमानेर रिट दायर भएको हो।

आफ्नै लागि ‘गलपासो’ बनेको प्रचण्डको त्यो बोली [भिडियोसहित]

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

 

प्रकाशित: २३ फागुन २०७९ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =