सर्वोच्चलाई सभामुखको जवाफ : विपक्षी दलको नेताको विषय संसद्को विशेषाधिकार हो

हिमाल प्रेस २३ फागुन २०७९ १५:४७
12
SHARES
सर्वोच्चलाई सभामुखको जवाफ : विपक्षी दलको नेताको विषय संसद्को विशेषाधिकार हो सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाएका छन्।

सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसद्को विशेषाधिकार भएको उल्लेख छ। ‘यो विषय (प्रमुख विपक्षी दलका नेताबारे उठेको प्रश्न) निरुपण गर्न हामी सक्षम छौँ। अदालतले भनिदिइरहनुपर्दैन’ सर्वोच्च अदालतमा पठाइएको जवाफबारे एक अधिकारी भन्छन्, ‘यो संसद्को विशेषाधिकार हो। यो संसद्ले आन्तरिक रुपमा व्याख्या गर्ने विषय हो।’

संसद्‌मा नेपाली कांग्रेस र नेकपा एमाले को प्रतिपक्षी भन्ने विषयमा विवाद छ।

प्रकाशित: २३ फागुन २०७९ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =