‘कान्छा २’ शुक्रबार आउँदै

हिमाल प्रेस २३ फागुन २०७९ १२:२८
18
SHARES
‘कान्छा २’ शुक्रबार आउँदै

काठमाडौँ- छोटो फिल्म ‘कान्छा २’ शुक्रबार रिलिज हुने भएको छ। फिल्म इन्द्रेणी सिने इन्टरटेनमेन्ट युट्युब च्यानलबाट रिलिज हुने छ।

फिल्मको ट्रेलर पनि केही हप्ताअघि सार्वजनिक भएको थियो। फिल्मका निर्देशक इन्द्र कार्की हुन्।
फिल्ममा विराज बाँस्कोटा, अपेक्षा सिवाकोटी, नगीन धिमाल, सुजनराज सिवाकोटी, लेखराज तामाङ, तारा तामाङ, सुमन मग्रातीलगायत कलाकारको अभिनय छ।

निर्देशक कार्कीको कथा र निर्माण रहेको फिल्ममा नगीनको छायाँकन र तिर्थराज राईको सम्पादन रहेको छ।
यसअघि २२ अक्टोबर २०२२ मा ‘कान्छा’ फिल्म सार्वजनिक भएको थियो। यसैको सिक्वेलमा ‘कान्छा २’ निर्माण गरिएको हो।

प्रकाशित: २३ फागुन २०७९ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =