घट्यो सुनको मूल्य

हिमाल प्रेस २३ फागुन २०७९ ११:३७
2
SHARE
घट्यो सुनको मूल्य फाइल तस्बिर

सुनसरी- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार पाँच सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार तीन सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर रु एक हजार दुई सय ६५ मा आएको महासंघले जनाएको छ।

 

प्रकाशित: २३ फागुन २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =