सिटी सफारीको ठक्करबाट सुनसरीमा पैदलयात्रीको मृत्यु

हिमाल प्रेस २३ फागुन २०७९ ११:१३
4
SHARES
सिटी सफारीको ठक्करबाट सुनसरीमा पैदलयात्रीको मृत्यु

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका–१, झुम्का बजारमा सिटी सफारीको ठक्करबाट सोमबार राति एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो।

उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ फागुन २०७९ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =