धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

हिमाल प्रेस २३ फागुन २०७९ ९:३०
2
SHARE
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) रहेका छन्।

सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका(१० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

मोटरसाइकल चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा मंगलबार बिहान ढल्केबर बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका वरिष्ट सइ ईश्वर विक्रम साहले जानकारी दिए।

प्रकाशित: २३ फागुन २०७९ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =