पाँचथर : आगालागीका कारण दुई घर जलेर नष्ट

हिमाल प्रेस २३ फागुन २०७९ ७:५९
2
SHARE
पाँचथर : आगालागीका कारण दुई घर जलेर नष्ट

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका-१ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् ।

आगलागीबाट कुम्मायक गाउँपालिका-१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि सकेनन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित: २३ फागुन २०७९ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =