राष्ट्रपतिमा रामचन्द्रले मागे राप्रपाको साथ

हिमाल प्रेस २२ फागुन २०७९ १८:११
10
SHARES
राष्ट्रपतिमा रामचन्द्रले मागे राप्रपाको साथ

काठमाडौँ- राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टीसमक्ष आग्रह गरेका छन्। पौडेलले सोमबार राप्रपाको कार्यालयमा पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूसँग आग्रह गरेको जानकारी राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

राष्ट्रपति चुनाव फागुन २५ गते हुने कार्यतालिका छ। शीतल निवास प्रवेशका लागि कांग्रेसलगायतका आठ दलबाट पौडल र एमालेबाट सुवास नेम्बाङ मैदानमा छन्। दुवै उम्मेदवार आफूलाई सघाउन आग्रह गर्दैै संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग भेटघाटमा व्यस्त छन्।

प्रकाशित: २२ फागुन २०७९ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =