‘निफ’को टिकट अनलाइनबाटै किन्न सकिने

हिमाल प्रेस २२ फागुन २०७९ १५:४०
10
SHARES
‘निफ’को टिकट अनलाइनबाटै किन्न सकिने

काठमाडौँ- आगामी चैत २ देखि ६ सम्म हुने भनिएको ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) २०२३’ का लागि अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ। काठमाडौँमा हुने निफको छैटौँ महोत्सवका लागि अनलाइन टिकट बुकिङ खुला गरिएको आयोजकले जानकारी दिएको हो।

टिकट ‘खल्ती एप’बाट बुकिङ गर्न सकिनेछ। कार्यक्रमको उद्घाटन सुन्धारास्थित सिभिल मलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने जनाइएको छ। आयोजकका अनुसार महोत्सवमा ३५ देशका ९६ प्रतियोगी फिल्म प्रदर्शन हुनेछन्।

उक्त चलचित्र उपत्यकाको चारवटा सिनेमा हलमा प्रदर्शन गरिनेछ। क्यूएफएक्सअन्तर्गतको सिटी सेन्टर र छायाँ सेन्टरमा, पुलचोकको लबिम मल र भक्तपुरस्थित राधेराधे भाटभटेनीमाको हलमा।

जसमा नेपालसहित बंगलादेश, इरान, चीन, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, जर्मनी, क्यानडा, अस्ट्रेलिया, इजिप्ट, थाइल्यान्ड, रुस, फ्रान्सलगायतका देशका लामा र छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म छनोट भएका छन्।

सन २०२१ पछि निर्माण गरिएको फिल्म समावेश गरिने महोत्सवमा आवेदनको अन्तिम मिति पुस १० सम्म थियो। जसमा ५५ देशबाट पाँच सयभन्दा बढी फिल्मका आवेदन प्राप्त भएका थिए।

प्रकाशित: २२ फागुन २०७९ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =