मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस २२ फागुन २०७९ १०:१५
2
SHARE
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका ५ मा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बीआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा चालक सप्तरी बलान बिहुल गाउँपालिका-४ का ५५ वर्षीय विशो मण्डलको ज्यान गएको हो।

मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका १८ वर्षीय कमलेश कुमार शर्माको भने जीवन ज्योति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ फागुन २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =