राष्ट्रपतिमा साथ खोज्दै झलनाथ निवासमा रामचन्द्र

हिमाल प्रेस २२ फागुन २०७९ ९:५८
8
SHARES
राष्ट्रपतिमा साथ खोज्दै झलनाथ निवासमा रामचन्द्र

काठमाडौँ- निर्वाचन नजिकिएसँगै राष्ट्रपतिका उम्मेदवारले दौडधुप बढाएका छन्।

व्यक्ति वा संगठनात्मकरूपमा समेत अहिले मत तान्ने प्रयत्नमा उम्मेदवाहरू लागेका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र विपक्षी नेकपा एमालेबाट सुवास नेम्बाङ मैदानमा छन्।

मतभारका आधारमा सत्तारुढ उम्मेदवार पौडेल बलिया छन्। तर पनि उनी मत माग्न लागि रहेका छन्।

आज पनि उनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग उनले भेट गरेका छन्। उनी राष्ट्रपतिमा मत माग्दै खनाल निवास डल्लु पुगेका थिए। सोमबार बिहान खनाल निवास डल्लु पुगेर नेता पौडेलले भेट गरेको उनको सचिवालयले जनाएको छ।

उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ। यता नेकपा एकीकृत समाजवादीले भने पौडेललाई मत दिने औपचारिक निर्णय गरिसकेको छ। तर एमालेले भने खनालले साथ दिए नेम्बाङको क्षेत्रबाट उठाउने आश्वासन दिएको छ।

यही कारण पौडेल सशंकित छन्। केही दिनअघि मात्रै खनाल निवास डल्लु पुगेर नेकपा एमाले महासचिव शंकर पोखरेलले सहयोग मागेका थिए।

यसबारे खनाल भने औपचारिकरूपमा बोलेका छैनन्। यसअघि खनाल आफै राष्ट्रपतिको दौडमा थिए। पछिल्लो पटक उनकै पार्टीले असहयोग गरेको भन्दै रुष्ट बनेका छन्।

प्रकाशित: २२ फागुन २०७९ ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =