कैलाली : लागूऔषधसहित २ पक्राउ

हिमाल प्रेस २२ फागुन २०७९ ८:४३
4
SHARES
कैलाली : लागूऔषधसहित २ पक्राउ सांकेतिक तस्बिर।

धनगढी- कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका-२ उजेली सिमरा कोठा गरी बस्ने २१ वर्षीय आषिश चौधरी र घोडाघोडी नगरपालिका–४ का २७ वर्षीय करन रावल पक्राउ परेका छन्।

विशेष सुचनाको आधार इलाका प्रहरी कार्यालय हसुलियाको प्रहरी टोली उनीहरुलाई १८ ग्राम ६८० मिलिग्राम लागु औषध (खैरो हेरोइन)सहित आइतबार पक्राउ गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ फागुन २०७९ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =