असत्यमाथि सत्यको विजय भएको प्रतीक नै फागु : प्रधानमन्त्री

हिमाल प्रेस २२ फागुन २०७९ ७:२९
8
SHARES
असत्यमाथि सत्यको विजय भएको प्रतीक नै फागु : प्रधानमन्त्री फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूप भनेका छन्।

फागु पूर्णिमाको शुभकामना ज्ञापन गर्दै प्रधानमन्त्री प्रचण्डले पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल-पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायकाबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीमा फेरि एक पटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित: २२ फागुन २०७९ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =