देउवाले दिए फागुको शुभकामना

हिमाल प्रेस २२ फागुन २०७९ ६:५८
2
SHARE
देउवाले दिए फागुको शुभकामना

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

प्रकाशित: २२ फागुन २०७९ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =