सरकारले भन्यो : मुस्ताङमा चीनलक्षित विश्वविद्यालय बन्दैछ भनेर केपी ओलीले भ्रम फैलाए

हिमाल प्रेस २१ फागुन २०७९ १९:५७
22
SHARES
सरकारले भन्यो : मुस्ताङमा चीनलक्षित विश्वविद्यालय बन्दैछ भनेर केपी ओलीले भ्रम फैलाए फाइल तस्बिर।

काठमाडौँ- सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय स्थापना गर्नेबारे कुनै निर्णय नगरेको बताएको छ। सञ्चारमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुस्ताङमा अमूक देशको प्रस्तावमा चीनलाई लक्षित गरी विश्व विद्यालय स्थापना गर्दैछ भन्ने अभिव्यक्ति दिएपछि सरकारले खण्डन गरेको हो।

सञ्चारमन्त्री शर्माले केपी ओलीको भनाइ भ्रमपूर्ण रहेको बताएकी छन्। ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौँ।’

मुस्ताङमा विश्वविद्यालय खाेल्ने प्रस्ताव चीनविरुद्ध : ओली

प्रकाशित: २१ फागुन २०७९ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =