‘मदन भण्डारी र जीवराज आश्रित हत्याको छानबिन गर भन्दा २१ जनालाई गोली हानियो’

हिमाल प्रेस २१ फागुन २०७९ १६:३०
44
SHARES
‘मदन भण्डारी र जीवराज आश्रित हत्याको छानबिन गर भन्दा २१ जनालाई गोली हानियो’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन गर्न आफूले पटक-पटक प्रयास गरेको तर सहयोग नपाएको बताएका छन्। सुखानीको बलिदानको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो। त्यससम्बन्धमा हामीले छानबिन होस् भनेर माग गर्यौँ,’ उनले भने, ‘त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो। छानबिन आयोग बनाएर छानबिन गर्न माग गर्दा देशभर हत्या भयो।’

ओलीले माओवादीले गरेको सशस्त्र युद्धको क्रममा १७ हजार मानिस मारिएको भन्दै प्रश्न उठाए। उनले माओवादीले गरेको युद्धले राजतन्त्र नहटेको पनि बताए। ‘राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारियो’ उनले भने।

ओलीले झापा आन्दोलनको भने समर्थन गरे। झापा आन्दोलनले विचार, विकास र अठोट बोकेको दाबी गरे। त्यस्तै उनले कांग्रेसले अकारण गोली हानेर मान्छे मार्दा लोकतन्त्र भनेर व्याख्या गरेको पनि बताए।

प्रकाशित: २१ फागुन २०७९ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =