सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

पदमराज भट्ट २१ फागुन २०७९ १६:०२
64
SHARES
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत कमलबहादुर शाह। फाइल तस्बिर

धनगढी– सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत पाएका छन्। आज आइतबार बसेको प्रदेशसभा बैठकमा ५२ सांसद मध्ये ४१ जना सांसदले पक्षमा मतदान गरेपछि नेपाली कांग्रेसका सांसद रहेका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका हुन्।

प्रदेशसभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जना गरी दुई तिहाइ सांसदको विश्वासको मत पाए।

५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेले ९ जना (उपसभामुख बाहेक) र राप्रपाले १ जना प्रदेशसभा सदस्यका साथ प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत दिएन।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका हुन् । उनी माघ २६ गते नियुक्त भएका थिए।

प्रकाशित: २१ फागुन २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =