नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

हिमाल प्रेस २१ फागुन २०७९ १४:४५
12
SHARES
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले काठमाडौँ-दक्षिण कोरियामा सीधा उडान गर्ने भएको छ।

दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

दक्षिण कोरिया उडानको लागि निगमका नायव महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ। समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ।

‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समितिमार्फत् काम सुरु गर्न लागिएको छ,’ प्रवक्ता खड्काले भनिन्।

निगमले हाल १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ। निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन्। – रासस

प्रकाशित: २१ फागुन २०७९ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =