ग्वार्डिओलालाई न्युकासल युनाइटेडको भय

हिमाल प्रेस २१ फागुन २०७९ १३:४६
6
SHARES
ग्वार्डिओलालाई न्युकासल युनाइटेडको भय

काठमाडौँ- पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई आगामी वर्षहरूमा न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिग उपाधिका लागि टक्कर दिने धारणा राखेका छन्। शनिबार न्युकासलमाथि २–० को जित दर्ता गरेपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाबाट यस्तो अभिव्यक्ति आएको हो।

इत्तिहादमा सिटीलाई जित दिलाउन फिल फोडन र बर्नादो सिल्भाले एक–एक गोल गरे। च्याम्पियन सिटीविरुद्ध बग्रेल्ती मौका सिर्जना गरे पनि न्युकासलले गोल फर्काउन सकेन। सिन लंस्टाफ, क्यालुम विल्सन र जोएल्टिनले बारम्बर मौका खेर फालेका थिए।

यो हारपछि न्युकासलले चौथो स्थानको टोटनहमसँग दूरी कम गर्ने मौका गुमायो। न्युकासलको २४ खेलबाट ४१ अंक छ भने टोटनहमसँग २६ खेलबाट ४५ अंक छ।

अक्टोबर, २०२१ मा साउदी अरबको सरकारी कोषले स्वामित्व लिएपछि न्युकासलमा उत्साह छाएको थियो। तर पछिल्लो समय न्युकासल खराब प्रदर्शन गरिरहेको छ। गत आइतबार लिग कप फाइनलमा म्यानचेस्टर युनाइटेडसँग हारेको न्युकासल लिगका पछिल्ला पाँच खेलमा जितविहीन छ।

न्युकासलको वर्तमान लयमाथि प्रश्न उठिरहे पनि ग्वार्डिओला भने एड्डी हाउ नेतृत्वको टिमसँग प्रभावित बनेका छन्। १५ वर्षअघि संयुक्त अरब इमिरेट्सको आबुधाबी प्रशासक परिवारको स्वामित्वपछि बलियो बनेको सिटी जस्तै न्युकासल पनि शक्तिका रुपमा रुपान्तरित हुने ग्वार्डिओलाको विश्वास छ।

नयाँ व्यवस्थापन समूह भित्रिएको चार वर्षपछि सिटीले प्रिमियर लिग जितेको थियो। सिटी पछिल्ला ११ सिजनमा ६ पटक च्याम्पियन बनेको छ।

‘यो टिम अनि पूरा क्लब अबको केही वर्षमा प्रिमियर लिग उपाधिको दाबेदार हुनेछ। न्युकासल कति महत्त्वकांक्षी लछ भनेर हामी देखिरहेका छौँ। यो क्लबको स्वामित्व परिवर्तन भएको धेरै भएको छैन। थोरै समयमै परिवर्तन देखिइसकेको छ,’ ग्वार्डिओलाले भनेका छन्।

प्रकाशित: २१ फागुन २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =