एनफिल्डमा विश्वसनीयताको परीक्षा दिँदै म्यानचेस्टर युनाइटेड

हिमाल प्रेस २१ फागुन २०७९ १३:०३
6
SHARES
एनफिल्डमा विश्वसनीयताको परीक्षा दिँदै म्यानचेस्टर युनाइटेड

काठमाडौँ- इंग्लिस क्लब फुटबलका केही ठूलामध्येको एक प्रतिद्वन्द्विता आइतबार एनफिल्डमा नवीकरण हुँदैछ। प्रिमियर लिगको तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुल भ्रमणमा निस्किँदैछ। युनाइटेडका लागि यो भ्रमण धेरै कोणबाट महत्त्वपूर्ण छ। एक त पुरानो प्रतिद्वन्द्वी, अर्को उपाधि होडमा आफू कत्तिको पक्का खेलाडी हो भन्ने परीक्षण।

गएको सिजन लिभरपुल चार उपाधि जित्ने दौडमा थियो। यसपालि त्यो परिस्थितिबाट युनाइटेड गुज्रिँदैछ। लिग कप जितिसकेको युनाइटेड एरिक टेन हागको प्रशिक्षणमा खारिएको छ। एफए कप र युरोपा लिगको क्वार्टरफाइनलमा पुग्नु त्यसकै प्रमाण हो।

युनाइटेडले यो सिजन लिभरपुललाई आफ्नो मैदानमा हराइसकेको छ। म्यानचेस्टर सिटी र आर्सनलमाथि पनि जित दर्ता गरेको छ। तर सिटी र आर्सनलको मैदानमा भने युनाइटेड विजयी हुन असफल भयो।

यस्तोमा लिभरपुलको मैदानमा युनाइटेड अनिवार्य जितको खोजीमा हुनेछ। यो खेललाई लिएर युनाइटेड आत्मविश्वासी रहको हुनुपर्छ, किनभने लिभरपुल जारी सिजन स्वाभाविक लयमा छैन।

हुन त टेन हागका लागि लिभरपुलको चुनौती सजिलै पन्छाउने खालको छैन। किनभने लिभरपुलले एनफिल्डमा इंग्लिस च्याम्पियन सिटी र सम्भावित इटालेली च्याम्पियन नापोलीलाई पराजित गरेको छ। जसरी हुन्छ शीर्ष चारमा छनोट हुने लक्ष्य बोकेका लिभरपुल युनाइटेडलाई हराउँदै टोटनहम, न्युकासल युनाइटेड जस्ता टिमलाई आफू अझै बलिया रहेको सन्देश दिन चाहन्छ। जो लिभरपुलसँगै शीर्ष चारमा पर्ने दौडमा छन्।

गत सिजन युनाइटेडविरुद्धको दुवै खेलमा लिभरपुल विजयी बनेको थियो। एनफिल्डमा ४–० को जित हासिल गरेको लिभरपुलले ओल्ड ट्राफोर्डमा ५–० ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

दशकौँ पुरानो प्रतिद्वन्द्वीलाई उसकै मैदानमा पराजित गरे टेन हागप्रतिको विश्वसनीयता बढ्नेछ। अर्को प्रतिद्वन्द्वी सिटीसँग इत्तिहादमा ६ गोल खाएको युनाइटेडले आर्सनलसँग इमिरेट्समा पराजय त भोगेको थियो। संघर्षरत चेल्सीसँग उसको मैदानमा बराबरीमा रोकिएको युनाइटेडका लागि ठूला टिमविरुद्धकाे ‘अवे’ खेल जित्न आवश्यक छ।

दशकौँ पुरानो प्रतिद्वन्द्वीलाई उसकै मैदानमा पराजित गरे टेन हागप्रतिको विश्वसनीयता बढ्नेछ। अर्को प्रतिद्वन्द्वी सिटीसँग इत्तिहादमा ६ गोल खाएको युनाइटेडले आर्सनलसँग इमिरेट्समा पराजय भोगेको थियो। संघर्षरत चेल्सीसँग उसको मैदानमा बराबरीमा रोकिएको युनाइटेडका लागि ठूला टिमविरुद्धकाे ‘अवे’ खेलमा जित आवश्यक छ।

लिभरपुलमाथिको जितले युनाइटेडलाई सिटीसँगको दूरी घटाउन मद्दत गर्नेछ। शनिबार साँझ न्युकासललाई हराएको सिटीको २६ खेलबाट ५८ अंक छ। दुई खेल कम खेलेको युनाइटेडसँग ४८ अंक छ।

‘यो खेलको प्रतीक्षामा छु। लिभरपुलसँगको खेलकाे महत्त्व मलाई थाहा छ। एनफिल्डमा सिर्जना हुने वातावरणबारे पनि जानकार छु। मलाई लाग्छ यो खेलको अनुभव गजबको हुनेछ। त्यहाँ हजारौँ लिभरपुल समर्थकले हामीलाई लक्षित गरेर नारा लगाउनेछन्, हामीलाई अप्ठयारोमा पार्ने प्रयास गर्नेछन्,’ टेन हागले भनेका छन्।

एनफिल्डमा जे जस्तो वातावरण हुने भए पनि त्यसको सामना गर्न आफ्ना खेलाडी तयार रहेको टेन हागको भनाइ छ। ‘मेरा खेलाडी आत्मविश्वासका साथ मैदानमा ओर्लिनेछन्। नतिजा आफ्नो पक्षमा पार्न उनीहरूले हरसम्भव प्रयास गर्नेछन्,’ टेन हागले भने।

उता लिभरपुलका प्रशिक्षक योर्गन क्लपले युनाइटेड प्रिमियर लिग उपाधिको बलियो दाबेदार भएको प्रतिक्रिया दिएका छन्। आर्सनलभन्दा ११ अंकले पछि रहे पनि युनाइटेडले उपाधि जित्ने सम्भावना नसकिएको क्लपको भनाइ थियो।

‘युनाइटेडले अर्को २० वर्षका लागि टिम बनाएको होइन। वर्तमानमा बलियो बन्न स्टार खेलाडी अनुबन्ध गरेको हो। मलाई लाग्छ युनाइटेड हाल असाध्यै बलियो बनेको छ। लगातार नतिजा निकालिरहेको छ। यसो हेर्दा नतिजा निकाल्ने मेसिन हो कि जस्तो पनि लाग्छ। खराब प्रदर्शन गरेर पनि नतिजा आफ्नो पक्षमा पार्ने खुबी अहिलेको युनाइटेडसँग छ,’ क्लपले आफ्नो प्रतिद्वन्द्वी क्लबको प्रशंसा गर्दै भनेका छन्।

क्लपले युनाइटेडका मार्कस रासफोर्डको पनि तारिफ गरेका छन्। यो सिजन प्रिमियर लिगमा मात्रै १४ गोल गरिसकेका रासफोर्डको नाममा कुल २५ गोल छ। जबकि यी २५ वर्षीय फरवार्डले गत सिजन पाँच गोल मात्र गरेका थिए।

‘लिभरपुलको प्रशिक्षक भएकाले म युनाइटेडमा भइरहेको सकारात्मक कामबारे खुसी हुन सक्दिनँ। तर जे जे भए पनि रासफोर्डको भने तारिफ गर्नैपर्छ। गत सिजन उनले खासै राम्रो खेल्न सकेका थिएनन्।

यसपालि भने उनी फरक लयमा छन्। उनी विश्वस्तरीय गोल गरिरहेका छन्। उनलाई रोक्न लिभरपुलका एक रक्षक काफी हुन सक्दैनन्। यसकारण संयुक्त रुपमा उनलाई बाधा पु¥याउनु पर्नेछ,’ क्लपले भनेका छन्।

क्लपले युनाइटेडका मार्कस रासफोर्डको पनि तारिफ गरेका छन्। यो सिजन प्रिमियर लिगमा मात्रै १४ गोल गरिसकेका रासफोर्डको नाममा कुल २५ गोल छ। जबकि यी २५ वर्षीय फरवार्डले गत सिजन पाँच गोल मात्र गरेका थिए।

गत बिहीबार क्रिस्टल प्यालेसलाई हराएपछि लिभरपुल छैटौँ स्थानमा उक्लिएको छ। २४ खेलेको लिभरपुलको ३९ अंक छ, जुन पाँचौँ स्थानको न्युकासलभन्दा दुई अंकले कम हो। लिभरपुल र न्युकासलभन्दा दुई खेल बढी खेलेको टोटनहम ४५ अंक बटुलेर चौथो स्थानमा छ।

युनाइटेड जस्तो लयमा भए आइतबारको खेलमा त्यसले ठूलो फरक नपार्ने क्लपले संकेत गरे। ‘किनभने हामी पनि आफ्नो लक्ष्यमा अडिग छौँ। यसकारण युनाइटेड जस्तो खेलिरहेको भए पनि हामी उसलाई टक्कर दिन तयार छौँ, ‘क्लपले भने, ‘प्रशिक्षकका रुपमा म यस्ता खेल मन पराउँछु। किनभने यो खेल विश्वले हेर्छ,’ क्पलको भनाइ थियो।

लिभरपुल लिगका पछिल्ला चार खेलमा अपराजित छ। फेब्रुअरी ४ मा उल्भरह्याम्पटनसँग अप्रत्याशित पराजय भोगेको लिभरपुलले त्यही टिमलाई गत बिहीबार पराजित गरेको थियो। त्यसअघि लिभरपुल एभरटन र न्युकासललाई पन्छाउँदा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिन पुग्यो।

लगातार चार खेलमा गोल नखाएको लिभरपुल यो लयलाई जारी राख्न चाहन्छ। ‘यो साता लिभरपुलका लागि महत्त्वपूर्ण छ। युनाइटेडलाई हराउँदा शीर्ष चारका लागि हाम्रो दाबी बलियो हुनेछ,’ क्लपले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =