ओखलढुंगामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

हिमाल प्रेस २१ फागुन २०७९ १२:३६
4
SHARES
ओखलढुंगामा गाडी दुर्घटना, दुई जनाको मृत्यु सांकेतिक तस्बिर।

ओखलढुंगा- ओखलढुंगामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको जिप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी ११ घाइते भएका छन्। तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

पाँच जना यात्रु बोक्ने क्षमता भएको जिपमा १३ सवार थिए। क्षमताभन्दा बढी यात्रु बोकेका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: २१ फागुन २०७९ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =