सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

हिमाल प्रेस २१ फागुन २०७९ ८:२१
8
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतबार) विश्वासको मत लिने भएका छन्। आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। उक्त बैठकमा शाहले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।

प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो। मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई पत्र पठाएअनुसार बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभामा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाहले सरकारको नेतृत्व गरिरहेका छन्। उनी मुख्यमन्त्री बनेपछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशसभामा सोहीअनुसारको राजनीतिक समीकरण बन्ने आकलन गरिएको छ।

प्रकाशित: २१ फागुन २०७९ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =