भैरहवामा देशभरका मत्स्य प्राविधिकको भेला

हिमाल प्रेस २० फागुन २०७९ २०:३०
6
SHARES
भैरहवामा देशभरका मत्स्य प्राविधिकको भेला

भैरहवा- देशका विभिन्न निकायमा कार्यरत तथा सेवा निवृत्त भइसकेका मत्स्य अधिकृत भैरहवामा भेला भएका छन्। मत्स्य प्राविधिकलाई एकजुट गराइ उनीहरूका हकहितमा काम गर्ने उद्देश्यसहित मत्स्य प्राविधिकहरूको भेला शनिबार भैरहवामा आयोजना गरिएको हो।

भेलाले नेपाल मत्स्य प्राविधिक एसोसिएसन गठन गरी रमेश जैसवालको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा सुभाषकुमार झा, महासचिव शोभाखर पाण्डे, सचिव सुरेश खडका, कोषाध्यक्ष तुल्सी जिरेललाई मनोनित गरेको छ।

त्यस्तै सदस्यमा सुन्दरी कार्की, गोमा कँुवर, सुनिता चन्द, लाक्पा रिदर भोटे सैचा, प्रेमबहादुर शाही, गणेशबहादुर थापा, महेशदत्त भट्ट र वीरेन्द्र यादव रहेका छन्। नेपालको प्राकृतिक जलाशयमा मत्स्य उत्पादन तथा कृत्रिम जलाशयमा मत्स्यपालन एवं सोसम्बन्धी सरकारी तथा गैर सरकारी मत्स्य प्राविधिक, अनुसन्धानकर्ता पेसामा संलग्न प्राविधिकलाई संगठित गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको भेला मूल आयोजक समितिका संयोजक रमेश जयसवालले बताए।

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कृषिको प्रमुख सहयोगी क्षेत्रको रूपमा रहेको मत्स्य क्षेत्रलाई प्रभावकारी एवं थप उत्पादनशील बनाउन यो एसोसिएसन लागिपर्ने उनले बताए।

यसले मत्स्य प्राविधिकको मर्यादा, वृत्तिविकास, सुनिश्चित भविष्य एवं पेसागत हकहित र उत्थानको पनि काम गर्ने जैसवालको भनाइ छ। मत्स्य प्राविधिक अहिलेसम्म संगठित नभएको अवस्थामा धेरै समस्या आइरहेको भन्दै उनले समस्या समाधानको प्रयास एसोसिएसनको पहिलो उद्देश्य रहने बताए। रासस

प्रकाशित: २० फागुन २०७९ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =