आगामी बजेट कर्णाली केन्द्रित : कांग्रेस उपसभापति खड्का

हिमाल प्रेस २० फागुन २०७९ २०:०८
6
SHARES
आगामी बजेट कर्णाली केन्द्रित : कांग्रेस उपसभापति खड्का

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट कर्णालीलाई केन्द्रमा राखेर आउने बताएका छन्। सुर्खेतको गुर्भाकोटमा नेपाली कांग्रेसको प्रथम नगर सम्मेलनको उद्घाटनका क्रममा उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको भन्दै अब यसअघिको परम्परालाई तोडेर आगामी आर्थिक वर्षको बजेट ल्याउने बताएका हुन्।

‘कर्णालीमा चुनावी अभियानका क्रममा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरूसँग मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ,’ उनले भने, ‘त्यतिबेला मेरो प्रस्तावमा अहिलेका प्रधानमन्त्री प्रचण्डको समर्थन रहेकाले चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ।’

संघीय सांसदसमेत रहेका खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको भन्दै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई चार लेनको बनाउन ठेक्का आह्वान गरिएको बताए। मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको र भेरीको टापु खटाङमा तीन मुखे झोलुंगे पुल निर्माणका लागि माटो परीक्षणको काम भइरहेको उनको भनाइ थियो। कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरू आम जनतामाझ पु¥याउनुपर्ने उनले बताए ।

विकास निर्माणका कामहरू गरेर मात्रै हुँदो रहेनछ, ती कामहरूका बारेमा जनतालाई जानकारी गराउन जरुरी छ,’ उनले भने, ‘टोल तहसम्म हुने छलफलमा कांग्रेस नेतृत्वमा भएका कामहरूलाई पु¥याउन निर्देशन दिन्छु ।’

उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि नयाँ सरकार गठनका विषयमा छलफल हुने बताए। ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि उहाँकै नेतृत्वमा कांग्रेससहित सरकारमा सहभागी हुन्छ।’

प्रकाशित: २० फागुन २०७९ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =