प्रचण्डविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले दिएको आदेशको विरोध

हिमाल प्रेस २० फागुन २०७९ १९:३५
30
SHARES
प्रचण्डविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले दिएको आदेशको विरोध

काठमाडौँ- सर्वोच्च अदालतमा पेस गरिएको पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आफ्नै प्रशासनलाई आदेश दिएपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले त्यसको विरोध गरेका छन्। शुक्रबार सर्वोच्चको आदेश आएपछि शनिबार माओवादी केन्द्रका कार्यकर्ताले त्यसको विरोध गरेक हुन्।

माओवादी कार्यकर्ताले ‘प्रचण्डलाई लगाएका मुद्दा खारेज गर्, विस्तृत शान्तिसम्झौता विपरीत जान पाइँदैन’ लगायतका नारा लगाउँदै सर्वोच्च अदालतको आदेशको विरोध गरेका हुन्।

नेकपा माओवादी केन्द्र काठमाडौँ उपत्यका प्रदेशका अध्यक्ष नवीन खड्काको नेतृत्वमा काठमाडौँमा शनिबार गरिएको ‘गणतन्त्र विरोधीहरू होसियार’ लगायतका नारा लगाइएका थिए।

यसअघि २०७६ माघ १ गते प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका आधारमा प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट निवेदन परेको थियो।

तर अदालत प्रशासनले रिट निवेदन दर्ता गरेको थिएन। रिट निवेदन दर्ता नगरेको भन्दै परेको अर्को रिट निवेदनमा आदेश दिँदै शुक्रबार सर्वोच्च अदालतले आफ्नै प्रशासनलाई रिट दर्ता गर्न भनेको हो।

प्रकाशित: २० फागुन २०७९ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =