रेस्टुरेन्टको झ्यालबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

हिमाल प्रेस २० फागुन २०७९ १९:०५
18
SHARES
रेस्टुरेन्टको झ्यालबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ सरोज नेपालको शंखमुलस्थित एक रेस्टुरेन्टको माथिल्लो तलाबाट खसेर निधन भएको छ।

शनिबार शंखमुलस्थित बबिन्स रेस्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उनी खसेको रेस्टुरेन्ट सञ्चालक रञ्जितकुमार यादवले जानकारी दिए। उनका अनुसार उपाध्याय ३ दिनदेखि सो रेस्टुरेन्टमा जाने गरेका थिए।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले कफी सपको घटनाबारे अनुसन्धान हुन बाँकी रहेको बताए। एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले उनको निधन भएको जानकारी दिए।

‘रेस्टुरेन्टको छतबाट खसेर सरोज कमरेडको निधन हुन पुग्यो,’ भुसालले हिमाल प्रेससँग भने,’उहाँ स्वास्थ्य अवस्थामा  हुनुहुन्थ्यो। अरू के कारणले घटना भएको हो यसबारे अहिले केही थाहा छैन। हामीले पनि एक्कासि यस्तो घटना सुन्यौँ।’

प्रकाशित: २० फागुन २०७९ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =