टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेञ्ज अफर

हिमाल प्रेस २० फागुन २०७९ १४:३२
2
SHARE
टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेञ्ज अफर

काठमाडौँ- एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले निःशुल्क एसी सर्भिस र एक्सचेञ्ज अफर ल्याएको छ। फागुन १५ गतेदेखि कार्यान्वयनमा आइसकेको उक्त अफरमा ग्राहकले निःशुल्क एसी सर्भिस र एक्सचेञ्ज गर्न पाउनेछन्। ‘यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा पुरानो एसीको उचित मूल्याङकन गरी टीसीएलको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन्’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त सेवा तथा सुविधाका लागि ग्राहकले टेलिफोन तथा इमेलमार्फत जानकारी गराइ दर्ता गराउनुपर्ने कम्पनीले बताएको छ। सोही अफरमा कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्म छुट दिने पनि बताएको छ।

टीसीएलका नयाँ एसीहरूमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको कम्पनीको भनाइ छ। नेपालमा टीसीएलको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्स हो। अफर सीमित अवधिका लागि रहने कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: २० फागुन २०७९ १४:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =