देउडालाई सिड्नी जोड्दै ‘श्रृंखला’

हिमाल प्रेस २० फागुन २०७९ १०:५७
28
SHARES
देउडालाई सिड्नी जोड्दै ‘श्रृंखला’

धनगढी- गायिका श्रृंखला जोशीको ‘सिड्नी झाने रेल’ अहिले चर्चामा छ।

सुदूरपश्चिमको देउडा भाकामा गाइएको यो गीतमा अस्ट्रेलियाको राजधानी सिड्नीमा खिचिएको हो। भिडियोमा श्रृंखलाको गायनसँगै अभियन पनि देख्न सकिन्छ। अस्टेलियाका दिनदैनिकी समेटिएको भिडियोमा रेल र सिड्नी बजारका झलक देख्न पाइन्छ।

श्रृंखला जोशी युट्युव च्यानलबाट दुई साताअघि रिलिज गरिएको सोही भिडियो हालसम्म २ लाख पटक हेरिसकिएको छ। रमन झाले निर्देशन गरेको उक्त गीतमा भुपेन्द्र सिंह र पुर्णिमा सिंह शाहीले अभिनय गरेका छन्।
‘सुदूरका नागरिक कर्मथलो बनाउने बम्बै अनि बुवाले गाउनुभएको बम्बै झाने रेललाई सिड्नी झाने रेलसम्म पुर्‍याए।’ उनले भनिन्,‘सिड्नीमा पनि सुदूरको झ-झल्को आउने गरी पश्चिमेली देखेपछि सिड्नीको रेल ल्याउन तल्लीन भए।’

सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीको पुरानो गीत गीतलाई नै छोरी श्रृंखलाले नयाँ बनाएर गाएकी हुन्।
नयाँ शैली र शब्द संयोजन गरेर ल्याएको आफ्ने गीतले देउडालाई थप परिचित गराएको उनको भनाइ छ ।

 

प्रकाशित: २० फागुन २०७९ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =