सर्लाहीमा सर्पको त्रास

हिमाल प्रेस २० फागुन २०७९ ७:१७
4
SHARES
सर्लाहीमा सर्पको त्रास

सर्लाही- मौसममा परिवर्तन आएसँगै जिल्लामा सर्पको त्रास बढेको छ।

बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई उपचारपछि शुक्रबार घर फर्काएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ। फागुन–१५ गते हरिवन नगरपालिका–१ का बसु गतौलालाई सर्पदंशको सफल उपचारपछि घर फर्काइएको थियो ।

‘मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको डसाइबाट घाइते भएका बिरामी बढ्न थालेका छन्’, स्वास्थ्य सहायक अनिल कुशवाहले भने, ‘सर्पको डसाइबाट घाइते भएका बिरामी समयमै उपचारका लागि केन्द्रसम्म आए शतप्रतिशत सकुशल घर फर्किन्छन्।’

पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा पर्ने लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा आव २०७७/०७८ मा छ सय ३९ र त्यसपछिको २०७८/०७९ मा ७०९ बिरामी उपचारको खोजीमा आएको केन्द्रले जनाएको छ।

आव २०७९/८० को वैशाख–असारमा दुई सय ७३, साउन–असोजमा ८८ र कात्तिक–पुस महिनामा ५३ सर्पको डसाइबाट पीडित बनेका बिरामीलाई उपचार सेवा दिइएको केन्द्रका अहेब प्रभु पण्डितले जानकारी दिए। माघमा चार र फागुनमाहालसम्म पाँच जनालाई केन्द्रले उपचार गरेको उनले जानकारी दिए।

चुरे पर्वती फेदी तथा भावर क्षेत्र र तराईका फाँटमा पाइने गनग्वारी गोमन, राजगोमन, कमन करेत, पनिया, राज, ह्यौ, बाँघे, तिरिसेजस्ता सर्प विषालु हुन्छन्। सिरिसे, सुगिया, इन्द्रेनी र उड्ने सर्प कम विषालु हुन्छन् भने डोरिया, हरहरा, तेलियाँ, धामनलगायत तराईमा पाइने १४ जातका सर्प विषालु नहुने बताइएको छ।

गर्मी मौसममा सर्पको डसाइको जोखिम धेरै हुने भएकाले अँध्यारोमा टर्चलाइट, घाँस दाउरा गर्दा विशेष सावधानी अपनाउन कुशवाहले सुझाव दिए।

प्रकाशित: २० फागुन २०७९ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =