नेम्बाङलाई मत माग्न एमाले नेताहरू जनमत पार्टी कार्यालयमा

हिमाल प्रेस १९ फागुन २०७९ १६:४७
4
SHARES
नेम्बाङलाई मत माग्न एमाले नेताहरू जनमत पार्टी कार्यालयमा फाइल तस्बिर

काठमाडौँ– राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा एमालेका नेताहरू जनमत पार्टीको कार्यालय पुगेका छन्। एमाले नेताहरूले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पुगेर भेटेका हुन्।

‘एमालेका नेताहरू मत माग्न आउनुभएको थियो,’ अध्यक्ष राउतले भने, ‘छलफल गर्छौँ अनि जवाफ दिन्छौँ भनिदियौँ।’

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्बाङ उम्मेदवार छन्। पौडेललाई कांग्रेससहित आठ राजनीतिक दलको समर्थन छ भने नेम्बाङ एमालेको मात्रै उम्मेदवार हुन्।

प्रकाशित: १९ फागुन २०७९ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =