धनगढीमा तारजाली नाघेर बाटो काट्ने व्यक्तिलाई खादा ओढाएर सम्मान

हिमाल प्रेस १८ फागुन २०७९ २०:३८
318
SHARES
धनगढीमा तारजाली नाघेर बाटो काट्ने व्यक्तिलाई खादा ओढाएर सम्मान

धनगढी– धनगढीको ६ लेन सडक खण्डमा पैदलमार्ग छोडेर तारजाली माथीबाट सडक काट्दै गरेको एक व्यक्तीलाई नियन्त्रण गरी खादा ओढाएर सम्मान गरिएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सडक काट्दै गरेको अवस्थामा भेटिएका धनगढी १३ राजपुरका शिवराज पाध्यायलाई खादा लगाई सम्मान गरेका हुन्।

धनगढी उपमहानगरपालिकाले पटक पटक तारजाली संरक्षण गर्न सबैमा अनुरोध गर्दै आएको थियो। ६ लेन सडकमा धनगढीका पैदल यात्रुहरू तालजाली नाँघेर जाँदा तारहरू टुट्दै आएका छन्।

यहाँबाट कहिले बिरुवा चोरी हुने भने कहीले तारजाली भाँचिएका छन्।

सडक लेनको बिचमा तारजाली लगाए पनि केही पैदल यात्रुले धमाधम तारजाली नाँघेर सडक काट्न थालेपछि उपमहानगरपालिकाले कडाइ गरेको थियो। ६ लेन सडक पार गर्न विभिन्न ठाउँमा पैदलमार्ग राखिएको छ।

‘पटक-पटक सम्झाइ-बुझाइ पनि गरेका थियौं,’ मेयर हमालले भने,‘दण्डीत गरेर पनि नहुने, अटेरी गरे तारजाली नाघेको भेटिएकालाई खादा ओझाएर सम्मान गर्ने गरेका छौ।’

हामीले अब तारजाली नाघ्नेलाई खादा लगाएर सम्मान गर्ने मेयर हमाले जानकारी दिए।

प्रकाशित: १८ फागुन २०७९ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =