यौन शोषणको आरोपसहित मिटरब्यजीपीडितहरूले गरे जनकपुरमा प्रदर्शन

हिमाल प्रेस १८ फागुन २०७९ १८:०५
24
SHARES
यौन शोषणको आरोपसहित मिटरब्यजीपीडितहरूले गरे जनकपुरमा प्रदर्शन विरोधमा उत्रिएकझ मिटरब्याजीपीडितहरू। तस्बिर- नेहा झा/हिमाल प्रेस

जनकपुरधाम– मिटरब्याजीपीडितहरूले बिहीबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।

बिनाधितो ऋण दिने प्रलोभनमा पारी चरम आर्थिक शोषण गरेको भन्दै मिटरब्याजबाट पीडितहरूले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन्।

विभिन्न प्रलोभन देखाएर महिलाहरूको समूह गठन गरेर आर्थिक शोषण गर्दै आएको भन्दै मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन गरेका हुन्।

ऋण लिँदा आर्कषक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ। गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेकाले आन्दोलनरत पीडितहरूको गुनासो छ।

ऋण मिनाहाको माग आन्दोलनमा उतरिएका पीडितहरूले बिहीबार स्थानीय रंगभुमी मैदानबाट प्लेकार्डसहित विरोध प्रदर्शन गर्दै जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरे।

प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर, तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीको सम्पति छानबिन गर, पीडितको सम्पति फिर्ता गर, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गरलगायतका नाराहरू लगाएका छन्।

प्रकाशित: १८ फागुन २०७९ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =