प्रधानमन्त्रीले भने : मन्त्रिपरिषद्‌ विस्तारको तयारी आजैबाट हुन्छ

हिमाल प्रेस १८ फागुन २०७९ १६:००
42
SHARES
प्रधानमन्त्रीले भने : मन्त्रिपरिषद्‌ विस्तारको तयारी आजैबाट हुन्छ

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्‌‌ विस्तारको गृहकार्य आज बाटै सुरु गर्ने बताएका छन्। आज बिहीबार राष्ट्रपति निर्वाचनबारे आठ दलको अभिमुखीकरण कार्यक्रमपछि बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ।’  नेकपा एमालेसँगको गठबन्धन तोडेर प्रचण्ड कांग्रेसहितको गठबन्धनमा सामेल भएका हुन्। उनले अहिलेको गठबन्धन पाँच वर्ष टिक्ने पनि दाबी गरे।
एमालेबाट मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिइसके भने एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।

प्रकाशित: १८ फागुन २०७९ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =