भोट माग्न रास्वपाको कार्यालय पुगे सुवास नेम्बाङ

हिमाल प्रेस १८ फागुन २०७९ १५:०४
4
SHARES
भोट माग्न रास्वपाको कार्यालय पुगे सुवास नेम्बाङ

काठमाडौँ- नेकपा एमालेले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोग मागेको छ।

बिहीबार रास्वपाका सभापति रवि लामिछानेसहितका नेतालाई पार्टी कार्यालय बसुन्धरामा भेटेर एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको हो। एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताहरूले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन्।

नेम्वाङसहित एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरूले रास्वपाका नेताहरूलाई भेटेका हुन्।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमाले नेताहरूले नेम्वाङको पक्षमा मत मागेका थिए। राष्ट्रपति पदमा नेम्बाङ र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भिड्दैछन्।

प्रकाशित: १८ फागुन २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =