राप्रपाले कर्णालीमा लियो सरकारलाई दिएको समर्थन फिर्ता

हिमाल प्रेस १८ फागुन २०७९ १३:०२
2
SHARE
राप्रपाले कर्णालीमा लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छिन्। यसअघि राप्रपाले केन्द्रीय सरकारसँगै बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

प्रकाशित: १८ फागुन २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =