बीपीडब्लू लघुवित्तको आईपीओ खुला

हिमाल प्रेस १८ फागुन २०७९ १२:१८
2
SHARE
बीपीडब्लू लघुवित्तको आईपीओ खुला

काठमाडौँ- बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण सेयरको बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण सेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

निष्कासित सेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खदिरको आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ।

प्रकाशित: १८ फागुन २०७९ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =