चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी

हिमाल प्रेस १८ फागुन २०७९ १०:५९
12
SHARES
चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालको निर्वाचनमा समीर बलामी अध्यक्षमा निर्वाचित भएका छन्।
संघको नवौँ महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभाको अवसरमा बुधबार काठमाडौँमा भएको निर्वाचनमा बलामी ८३ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत पाएका थिए। उनीसहित महिला उपाध्यक्षमा सुरक्षा भट्टराई, कार्यक्रम उपाध्यक्षमा कुवेर गिरी र संगठन उपाध्यक्षमा विजय सुवेदी निर्वाचित भएका छन्।

त्यस्तै, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा खुल्लातर्फ नवीन गिरी र समावेशी सचिवमा उद्दव रसाइली निर्वाचित छन्। कोषाध्यक्षमा मनिष कार्की निर्वाचित भए भने सहकोषध्यक्षमा मनिष अन्जान निर्विरोध निर्वाचित भएका छन्।
समावेशी सदस्यतर्फ मोहमद जालीम निर्विरोध भएका छन्। महिला सदस्यमा सुष्मा कार्की छिन्। भने अन्य सदस्यहरुमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाईं, अर्जुन गुराँगाईं, सिपी जैँसी र सुरेन्द्र थापा रहेका छन्।

प्रकाशित: १८ फागुन २०७९ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =