राष्ट्रपति भण्डारी आज दोलखा जाँदै

हिमाल प्रेस १८ फागुन २०७९ ९:४२
4
SHARES
राष्ट्रपति भण्डारी आज दोलखा जाँदै

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारी आज दोलखा जाँदै छन्। उनी दोलखाका लागि केही बेरमा हिँड्ने छन्।
राष्ट्रपति भण्डारीले ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकीका सदस्यहरूसँग साक्षात्कार गर्न कार्यक्रम रहेको संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिए।

प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम छ। हाल संघमा जिल्लाभरका ५२५ जना तालिम प्राप्त टुकी सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ।

प्रकाशित: १८ फागुन २०७९ ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =