करेन्ट लागेर एकको मृत्यु

हिमाल प्रेस १८ फागुन २०७९ ७:३२
4
SHARES
करेन्ट लागेर एकको मृत्यु प्रतीकात्मक तस्बिर।

कैलाली- धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय श्रवन रानाको करेन्ट लागेर मृत्यु भएको छ।

सोही उपमहानगरपालिका–१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्नेक्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १८ फागुन २०७९ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =